दल

नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको छ : अध्यक्ष यादव

इकागज |
साउन १४, २०८० आइतबार १७:३६ बजे

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताएका छन् । आइतबार समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरूले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताएका हुन् ।

यादवले नेपालको शिक्षा क्षेत्र अराजक र बेवारिसे भएको पनि जिकिर गरे । उनले सरकारले लगानी गरेको विद्यालय, क्याम्पस र विश्वविद्यालयहरूमा पढ्ने विद्यार्थी नै पाउन छोडिसकिएको बताए । उनले देश प्रगतिको मुख्य आधार नै शिक्षा भएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता रहेको बताए ।


नेपालको संविधानमा समाजवाद उन्मुख लेखिएको भए पनि व्यवहार भने विकृत पुँजीवादको उन्मुख भएको अध्यक्ष यादवकाे भनाइ छ । त्यसैगरी सरकारको नीति, कार्यक्रम र बजेट कर्मचारीले बनाउने गरेको उल्लेख गर्दै उनले कर्मचारीले बनाएको नीतिको आधारमा समाजवाद नआउने बताए । उनले राजनीतिक व्यक्ति, समाजवादी चिन्तक र बौद्धिक वर्गहरूले देशको नीति, योजना र कानुन बनाउनुपर्नेमा जोड दिए ।

उनले गुणस्तरीय शिक्षा दिने मुलुकहरूले नै प्रगति गर्ने भन्दै गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिए ।

 


Author

थप समाचार
x