दल

राजनीतिलाई दूषित गर्न हुँदैन : केपी ओली

इकागज |
साउन १५, २०८० सोमबार १६:३३ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई दूषित गर्न नहुने बताएका छन् ।

सोमबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित युग दूत विमोचन तथा स्रष्टा भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले सबै नीतिहरूको मुहान राजनीति भएकाले यसलाई दूषित गर्न नहुने बताएका हुन् । राजनीतिमा लागेका केही व्यक्ति खराब हुन सक्ने भए पनि समग्र राजनीतिलाई नै खराब भन्न नमिल्ने उनले जिकिर गरे ।


ओलीले सुन्दर र आधुनिक भविष्य निर्माण गर्न द्रुत गतिले अघि बढ्नुपर्ने र समाजको विकास गर्नुपर्ने जिकिर गरे । उनले अब मुलुकमा ३३ प्रतिशत महिला सहभागिताको लडाई सकिएको र त्यसभन्दा बढी बढ्नुपर्ने उल्लेख गरे ।

उनले अन्य धेरै विकासित देशहरूमा ३३ प्रतिशत सहभागिता पुर्याउन अझै बाँकी रहेको बताए ।


Author

थप समाचार
x