राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैैको कर्तव्य : सभापति देउवा
फाइल फोटो
काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैको कर्तव्य भएको बताएका छन् ।
काँग्रेस, क्षेत्रीय कार्यसमिति क्षेत्र नंवर १ नुवाकोटले सोमबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा देउवाले संविधानको सफल कार्यान्वयन गर्दै राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैको कर्तव्य भएको बताएका हुन् । उनले मुलुकमा स्थायी शान्ति स्थापना गर्नुपर्ने र आपसी द्वन्द्वलाई समाप्त पार्दै संघीय गणतन्त्रलाई सुदृढ गर्नुपर्ने धारणा राखे । सबैको सहमतिमा निर्माणमा बनेको संविधानलाई स्थायी रुप दिन यसमा भएका कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा अर्थमन्त्री एवं कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले व्यक्तिगत स्वार्थलाई त्यागेर पार्टीलाई बलियो बनाउनुपर्ने बताए । काँग्रेस काम गर्ने पार्टी भएपनि प्रचारको अभावमा कांग्रेसले गरेका कामलाई जनमानसमा पुराउन नसकिएको उनले बताए ।
उनले सामाजिक सञ्जालमा एकअर्कालाई होच्चाउने काम बन्द गर्न आग्रह समेत गरे
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया