पार्टी कार्यालय सार्न महानगरसँग राप्रपाले माग्याे ३५ दिनको समय
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यालय सार्न काठमाडौँ महानगरपालिकासँग ३५ दिनको समय माग गरेको छ । महानगरलाई पत्र लेखेर कार्यालय सार्न राप्रपाले ३५ दिन माग गरेको हो ।
बिजुलीको हाइटेन्सन लाइनमुनि रहेको पार्टी कार्यालय महानगरले हटाउने तयारी गरेपछि राप्रपाले समय मागेको महानगरले जनाएको छ ।
महानगरले शुक्रबार राप्रपाको पार्टी कार्यालय सार्न तीन दिनको समयावधि दिँदै सूचना जारी गरेको थियो । सूचनालाई राप्रपाले अटेर गरेको भन्दै महानगर प्रहरीले सोमबार डोजर लिएर हाँडीगाउँसम्म पुगेकोमा राप्रपाका कार्यकर्ताले सडकमा गाडी तेर्साएर डोजर जान अवरोध सिर्जना गरेका थिए । यहीबीच राप्रपाले समय माग गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया