दल

मन्त्री, कर्मचारी र उच्च नेताहरू तानिने डरले उच्चस्तरीय समिति बनाएर छानबिन गर्न सरकार डरायो : पदम गिरी

इकागज |
साउन १५, २०८० सोमबार १८:१६ बजे

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकार मन्त्रीहरू अनुसन्धानमा तानिने डरले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन बनाएर अनुसन्धान गर्न डराएको बताएका छन् । सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले उच्चस्तरका नेता र कर्मचारी तानिने डरले सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न हिच्किचाइरहेको जिकिर गरे । उनले नेपाललाई सुन तस्करको अखडा बनाउने कुरा सह्य हुन नसक्ने बताए ।


उनले भने, ‘किन छानबिन समिति बनाउन चाहन्न सरकार भने त्यहाँ मन्त्रीहरू तानिन सक्छन्, हाइप्रोफाइलका कर्मचारी नेताहरू तानिन सक्छन् । त्यसैले सरकार उच्चस्तरीय छानबिन बनाउन तयार छैन, हामी नेपाललाई तस्करको अखडा बनाउन चाहँदैनौँ । अन्तर्राष्ट्रिय स्तरमा नेपाल बदनाम भएको छ । नेपाल तस्करीको हब बन्दैछ, यो कुरा रोक्नुपर्छ ।’

प्रमुख सचेतक गिरीले नेपाल सुन तस्करीको हब बन्न लागेको भन्दै दुःख व्यक्त गरे।


Author

थप समाचार
x