दल

उच्चस्तरीय छानबिन समिति बनाउन सरकारले भोलिसम्मको समय मागेको छ : गोकुल बाँस्कोटा

इकागज |
साउन १५, २०८० सोमबार १८:२२ बजे

काठमाडौँ- नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउने वा नबनाउने भन्ने निर्णय गर्नका लागि सरकारले मंगलबारसम्मको समय मागको बताएका छन् । सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

बाँस्कोटाले मंगलबारसम्मको समय माग गरेकाले आजको प्रतिनिधि सभा बैठक बस्न नसकेको उल्लेख गरे । उनले सरकारले जति चाँडो उच्चस्तरीय छानबिन बनायो त्यति चाँडै संसद् सुचारु हुने बताए । उनले सरकारले अविलम्व उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए । 


उनले भने, ‘सरकारले भोलिसम्मको समय मागेको छ, उच्चस्तरीय छानबिन समिति बनाउने वा नबनाउने भन्ने निर्णय गर्न । भोलि बनायो भने संसद् चल्छ । सरकारले अविलम्ब उच्चस्तरीय छानबिन समिति बनाओस् । जे साँचो हो, त्यो बाहिर ल्याइदिओँ । की सरकार अनुसन्धान गर्न चाहँदैन ? प्रश्न उठिसकेपछि ढाकछोप गर्ने होइन, खुला हुनुपर्छ ।’

सांसद बाँस्कोटाले अनियमितताको प्रश्न उठिसकेपछि सरकार ढाकछोप गर्न नलागेर निष्पक्ष छानबिन गर्न लाग्नुपर्ने बताए । 


Author

थप समाचार
x