दल

सरकार र प्रतिपक्षीको द्वन्द्वका कारण संसद् बन्दी भयो : प्रमुख सचेतक परियार

इकागज |
साउन १५, २०८० सोमबार १८:३९ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउन नचाहेको बताएका छन् । सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकार उच्चस्तरीय छानबिन समिति बनाउन नचाहने र प्रमुख प्रतिपक्ष उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने हुनाले संसद् बन्दी भएको जिकिर गरे । उनले सरकार पक्ष र प्रमुख प्रतिपक्षको पेलानमा आफूहरू परिरहेको बताए ।


उनले भने, ‘सरकार उच्चस्तरीय छानबिन समिति बनाउन नचाहने, प्रमुख प्रतिपक्षी दल उच्चस्तरीय नबनेसम्म संसद चल्न नदिनेमा अडान लिएर बसेका छन्, यसले हाम्रो आवाज सुनिएको छैन । सरकार सरकारी स्तरबाटै छानबिन गर्ने पक्षमा रहेको बुझिन्छ । हामीले सुन प्रकरणमा जरासम्म अनुसन्धान गरोस् सरकारले भन्ने हो । सरकार र प्रतिपक्षको द्वन्द्वमा संसद् बन्दी भएको छ ।’

प्रमुख सचेतक परियारले सरकार र प्रतिपक्षको द्वन्द्वका कारण संसद् बन्दी भएको बताए ।


Author

थप समाचार
x