दल

प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दलहरू सहमत

इकागज |
साउन १६, २०८० मंगलबार १३:५९ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न दलहरु सहमत भएका छन् । सभामुख देवराज घिमिरेको आह्वानमा मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूबीच मंगलबार लागि बोलाइएको बैठक सञ्चालन गर्ने सहमति भएको हो ।

तर, एमालेले करिब क्विन्टल सुन तस्कारी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारले नमाने बैठक अवरुद्ध गर्ने तयारीमा छ । यसअघि बैठकमा एमालेले छानविन समिति गठनको माग गर्दै आफ्नो धारणा राख्नेछ ।



Author

थप समाचार
x