दल

हामी इमान्दार बन्न सकेका छैनौं : अध्यक्ष नेपाल

इकागज |
साउन १६, २०८० मंगलबार १५:४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले इमानदारिताबाट मात्रै देशले सफलता प्राप्त गर्ने बताएका छन् ।​ मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष नेपालले सबै नेताहरू बन्नुपर्ने जति इमान्दार बन्न नसकेको बताएका हुन् ।

उनले देश बनाउने भावना जागृत भएमात्रै देश विकास हुने जिकिर गरे । उनले आफूलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न खोज्दा देशको विकास नभएको बताए । नेपालले कुनै पनि कार्य गर्न इमान्दारिता मुख्य कुरा रहेको भन्दै सबै व्यक्ति आफूप्रति इमान्दार हुनुपर्ने बताए ।


नेपालले भने, ‘जे सुकै गर्नका लागि पहिलो कुरा इमान्दारिता हो । आफूप्रति इमान्दार हौं । आफ्नो पढाईप्रति इमान्दार हौं । र, मिहिनेती बन्नुपर्छ । इमान्दार र मेहनती भयौँ भने जस्तो सुकै क्षेत्रमा पनि सफल हुन सकिन्छ । अल्छी मान्छेले केही गर्न सक्दैन । अल्छी हुनुहुँदैन, ढाँट्न हुँदैन, छलछाम गर्नुहुँदैन । हामी आफ्नो देश बनाउन सक्छौं कि सक्दैनौँ भन्ने प्रश्न खडा भएको छ ।’

नेपालले संविधानमा अधिकारहरू थुप्रै दिए पनि लागू हुने कुरामा कमी देखिएको बताए । 


Author

थप समाचार
x