दल

टिआरसीसँग सम्बन्धित विधेयक छिटोभन्दा छिटो पारित गर्नुपर्छ : कांग्रेस

इकागज |
साउन १६, २०८० मंगलबार १८:३९ बजे

काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठकमा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन चाँडाेभन्दा चाँडो पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

मंगलबार कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकमा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने विषयमा छलफल भएको हो ।


बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता मिनबहादुर विश्वकर्माले वृहत् शान्ति सम्झौतापछि शान्ति प्रक्रियाका टुंग्याउन बाँकी रहेका थुप्रै कामका बारेमा सत्य मेलमिलाप तथा बेपत्ता छानबिन आयोगको ऐन अहिले संशोधनको अवस्थामा रहेकाले चाँडोभन्दा चाँडो पारित गर्ने बारेमा सम्बन्धित समितिमा रहेका सांसद र पदाधिकारीबीच छलफल भएको बताए ।

द्वन्द्वरत पक्ष र द्वन्द्वबाट प्रभावित पक्षहरू, पीडित, पीडकहरूसँगको सहमतिमा वा स्वीकार्यमा विधेयक ल्याउनुपर्ने बारेमा छलफल भइसकेको भन्दै त्यसैबारेमा अहिले छलफल गरेको उनले उल्लेख गरे ।

नेता विश्वकर्माले संसदमा भइरहेको अवरोधको विवादित विषयमा सरकारले प्रश्न उठेपछि प्रष्ट्याउनुपर्ने बताए ।


Author

थप समाचार
x