दल

भ्रष्टाचारीको विरुद्धमा सबै एक भएर लड्नुको विकल्प छैन : सांसद भण्डारी

इकागज |
साउन १६, २०८० मंगलबार १९:२३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले अनियमितता गर्नेहरूको विरुद्धमा सबै एक भएर लड्नुपर्ने बताएका छन् ।​​ मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

भण्डारीले पछिल्लो सुन तस्करीबारे पहिला प्रहरी प्रशासन, राज्यका निकायहरूलाई छानबिन गर्न दिनुपर्ने जिकिर गरे । उनले राज्यका निकायले निष्पक्ष छानबिन गर्न नसके र निचोडमा पुग्न नसके मात्रै उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न उपयुक्त हुने बताए । उनले अनियमितता गर्नेहरूले नेपाललाई नांगो बनाइरहेको भन्दै सबै एक भएर त्यसविरुद्ध लड्नुपर्ने बताए ।


सांसद भण्डारीले भ्रष्टाचारीहरूको विरुद्धमा सबै एक भएर लड्नुको विकल्प नरहेको जिकिर गरे ।


Author

थप समाचार
x