दल

पछिल्लो सुन तस्करी छानबिनका लागि सरकारले छुट्टै समिति गठन गर्नुपर्छ : सांसद पौडेल

इकागज |
साउन १६, २०८० मंगलबार १९:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पछिल्लो सुन तस्करी प्रकरण छानबिनका लागि छुट्टै छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल एमालेले सो प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारलाई दबाब दिइरहेका बेला उनले पनि सो आवश्यकता औंल्याएका हुन् ।


मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ सांसद पौडेलले सरकारले प्राविधिक पक्षलाई समेत ख्याल गरेर पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गरी त्यसको निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने बताए । उनले सो छानबिनलाई निर्मम ढंगले अघि बढाउन संसदले कडा निगरानी राख्नुपर्ने समेत बताए ।

सांसद पौडेलले सो प्रकरणको छानबिनको विषयलाई सरकारले गम्भीरतापूर्वक नलिएको आरोप समेत लगाए ।


Author

थप समाचार
x