दल

निर्माण व्यवसायी आन्दोलनमा मेरो पूर्ण समर्थन छ : सांसद सापकोटा

इकागज |
साउन १६, २०८० मंगलबार १९:५९ बजे

फाइल फाेटाे

काठमाडाैँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले निर्माण व्यवसायीहरू गरेको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ठेक्का लागिसकेपछि रनिङ बिलमा समेत कन्ट्याक्टरहरूले पेमेण्ट नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले केही दिनपछि अरनिको राजमार्गसमेत ठप्प पार्ने गरी आन्दोलन हुन लागेको भन्दै आफू पनि सहभागी बन्नसक्ने जानकारी दिए ।


उनले आन्दोलनकारीका जायज माग भएकाले हड्तालमा गएर सडकमा बस्नुपर्ने स्थिति रहेको जानकारी गराए । सांसद सापकोटाले चालू रहेका प्रोजेक्टहरूकै पेमेण्ट गर्न नसक्ने हो भने नयाँ योजनाको कुरा गर्नु बेकार रहेको जिकिर गरे ।

सांसद सापकोटाले  भने, ‘ प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीहरू अहिले पनि हड्तालमा हुनुहुन्छ। म त्यो आन्दोलनप्रति समर्थन गर्न चाहन्छु । मेरो निर्वाचन क्षेत्रमा पनि ५/६ वटा यस्ता परियोजनाहरू छन्, जो ठेक्का भएर चालू रहेका रनिङ बिलमा समेत कन्ट्याक्टरहरूले पेमेण्ट पाएका छैनन् ।

सांसद सापकोटाले चालू आर्थिक वर्षमा अर्थतन्त्र कसरी चल्छ भन्ने चिन्ता रहेको बताएका छन् । साथै, उनले कुनै क्षेत्रमा अर्बौंका योजना र कुनै क्षेत्रमा १० लाखका योजनाले सन्तुलित विकास हुन नसक्ने समेत जिकिर गरे ।


Author

थप समाचार
x