दल

माओवादी केन्द्रीय समिति बैठकअघि स्थायी कमिटी बैठक बस्दै

इकागज |
साउन १७, २०८० बुधबार ६:५८ बजे

फाइल तस्बिर

काठमाडौँ- आजबाट नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकअघि स्थायी कमिटी बैठक बस्दैछ । आज बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

केन्द्रीय समिति बैठकअघि बस्न लागेको स्थायी कमिटी बैठकले केन्द्रीय समितिमा पेश हुने राजनीतिक, सांगठानिक प्रतिवेदन पारित गर्नेछ ।


उक्त पारित प्रतिवेदन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ११ बजेदेखि सुरु हुने केन्द्रीय समितिमा प्रस्तुत हुनेछ ।

केन्द्रीय समिति बैठक पाँच दिनसम्म चल्नेछ ।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् । 

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी हुने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x