दल

माओवादी पदाधिकारी बैठकको निर्णय उल्ट्‌यायो स्थायी समितिले, अन्तत केन्द्रीय समिति बैठक लाइभ नगर्ने

इकागज |
साउन १७, २०८० बुधबार १०:५७ बजे

माओवादीको स्थायी कमिटी बैठक । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको छ । बुधबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको हो ।

स्थायी कमिटी बैठकअघि बसेको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेको थियो । तर त्यसलगत्तै बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको हो ।


‘पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेको थियो'उपाध्यक्ष कृष्णबहादुर महराले भने 'तर पदाधिकारीभन्दा ठूलो स्थायी समिति बैठकले लाइभ गर्न हुँदैन भन्ने निर्णय गर्‍यो ।’ 

माओवादी केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे कमलादीस्थित नेपाल प्रज्ञा भवनमा सुरू हुँदैछ ।


Author

थप समाचार
x