२२ जना केन्द्रीय सदस्य थप्ने माओवादीको तयारी
काठमाडौँ- नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने भएको छ । बुधबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी र स्थायी समिति बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो । २२ जना केन्द्रीय सदस्य थपेर ४०७ जना पुर्याउने तयारी माओवादीको छ ।
हाल माओवादीको केन्द्रीय समिति ३८५ सदस्यीय छ । अब विस्तार गरेर ४०७ सदस्यीय बनाउने लागेको एक स्थायी समिति सदस्यले इकागजलाई जानकारी दिए ।
केन्द्रीय समितिबाट विधान संशोधन भएपछि छुटेका केही सिनियर नेता, युवा र महिलालाई केन्द्रीय कमिटीमा समेट्ने तयारी छ ।
त्यस्तै माओवादी ले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको छ । ‘पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेको थियो' उपाध्यक्ष कृष्णबहादुर महराले भने 'तर पदाधिकारीभन्दा ठूलो स्थायी समिति बैठकले लाइभ गर्न हुँदैन भन्ने निर्णय गर्यो ।’
माओवादी केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे कमलादीस्थित नेपाल प्रज्ञा भवनमा सुरू हुँदैछ ।
केन्द्रीय समिति बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी हुने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया