दल

सभामुखलाई बाध्य पारेर सरकारले सदन चल्न दिएन : ओली

इकागज |
साउन १७, २०८० बुधबार १७:५५ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई बाध्य पारेर सरकारले सदन चल्न नदिएको आरोप लगाएका छन् । 

तुल्सीलाल अमात्यको २६ औ स्मृति दिवसका अवसरमा बुधबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले एमाले सदन चलाउन तयार हुँदा पनि सरकारले सभामुखलाई सूचना टाँसेर बैठक स्थगित गर्न दवाव दिएको आरोप लगाएका हुन् । उनले सुन तस्करी प्रकरणमा सदनमा सांसदहरुले आवाज उठाउने भएकाले सरकार डराएको जिकिर गरे । 


सरकारले नै सदनको अवरोध हटाउन नचाहेपनि बालुवाटारमा भएको सहमति संसदमा आउँदा एमालेले छाड्यो भनेर भ्रम फैलाइएको उनले बताए । ओलीले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन नमानेर नाइकेलाई बचाउने प्रयास भएको उल्लेख गरे । आफूहरु सरकारले बनाएको छानबिन समितिको विरोधमा नभएको तर अर्को निष्पक्ष छानबिन समिति बनाउनुपर्नेमा जोड रहेको उनले बताए । अध्यक्ष ओलीले क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि काँग्रेसले केही नबोल्नु अचम्म भएको बताए । 

सुन तस्करीको छानबिन गर्न नसक्ने पारदर्शिताको कुरा गर्न नसुहाउने उनले बताए । 


Author

थप समाचार
x