टर्च लाईट बालेर सरकार खोज्दै अनेरास्ववियु
फाइल फोटो
काठमाडौँ - एमालेको विद्यार्थी संगठन अनेराश्ववियूले सुन प्रकरणलाई टुंगोमा पुर्याउन माग गर्दै काठमाडौंमा टर्चलाईट जुलुश निकालेको छ ।
क्विन्टलका क्विन्टल सुन तस्करी हँुदा पनि सरकारले आँखा चिम्लिएकाले टर्च लाईट बालेर सरकार खोज्नुपरेको अनेरास्ववियूले जनाएको छ ।
अनेरास्ववियूले प्रकरणमा संलग्नहरुलाई पक्राउ गर्नुको साटो सरकारले संसद रोकेर विषयान्तर गर्न खोजेको आरोप लगाएको छ । काठमाडौंको माइतीघरबाट सुरु भएको विद्यार्थी संगठनको जुलुश नयाँबानेश्वरमा पुगेरमा कोणसभामा परिणत भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया