माओवादी केन्द्रीय समिति बैठक
केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनलाई समर्थन गर्दै कार्यान्वयनमा जोड
काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनलाई समर्थन गर्दै कार्यान्वयनमा जोड दिएका छन् ।
बैठकको दोस्रो दिनको बैठकमा अध्यक्षको प्रतिवेदनमाथि मुलभूत रूपमा समर्थन गर्दै कार्यान्वयनमा जोड दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनीहरूले माओवादी नेतृत्वको सरकारले पछिल्लो समयमा गरेका कामहरू राम्रो भए पनि पार्टीलाई अल्मलिएको जस्तो देखिएको धारणा राखेका थिए ।
त्यस्तै बैठकमा अध्यक्ष प्रचण्डले पार्टीलाई सुधारेर अघि लैजान आफू प्रतिबद्ध रहेको भन्दै यसमा सबैले साथ दिनुपर्ने धारणा राखेका थिए । बिहीबारसम्म ५७ जना सदस्यहरूले धारणा राखेको र धारणा राख्ने क्रम शुक्रबार पनि जारी रहने प्रवक्ता महराले जानकारी दिए ।
त्यस्तै महराले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र राजनीतिक प्रभाव देखिएको बताए ।
बैठकमा सदस्यहरूलाई बोल्नका लागि ५ मिनेटको समय उपलब्ध गराइएको छ । बुधबारबाट सुरु बैठक पाँच दिनसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया