दल

जनमत पार्टीले सरकारलाई दिएको समर्थन निरन्तर रहने

इकागज |
साउन १९, २०८० शुक्रबार १२:३९ बजे

फाइल तस्बिर

काठमाडौँ- जनमत पार्टीले संघ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । 

पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा सिके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गर्नुभएको पार्टीका केन्द्रीय प्रवक्ता डा शरद सिंह यादवले बताए । 


बैठकले पार्टी संगठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ‘मिसन–८४’ अगाडि बढाउने निर्णय गरेको छ । 

पार्टीले आज स्थानीय जनप्रतिनिधिसम्मिलत पार्टी समन्वय बैठक बोलाएको छ । बैठकमा वडाध्यक्ष, नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सहभागिता रहनेछ । 


Author

थप समाचार
x