दल

तरुण दलको गुनासो: टिकटकबाट आरजु राणाको गरिमा र इज्जतमा आँच पुग्यो

इकागज |
साउन १९, २०८० शुक्रबार १४:१५ बजे

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले पार्टी केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवालक्षित गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुर्‍याउँने दुराशय राखी सामाजिक सञ्जालमामा प्रसारित तथा प्रचारित झूठा र अनर्गल पोष्ट गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष विद्वान गुरुङद्वारा जारी विज्ञप्तिमा कानुको बर्खिलाफ हुने गरी कलाकारहरूले कलाकारिताको मर्यादा र गरिमालाई नै आँच पुग्ने गरी सुवास बोहरा भन्ने नामको टिकटक आईडीबाट आरजुको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति आपत्ति जनाइएको छ ।


‘राजनीतिक पूर्वाग्रह राखी उक्त कार्यमा संलग्न घृणित र अवाञ्छित मनोवृत्तिका व्यक्ति वा समूहहरूलाई तीन दिनभित्र कानुनको दायरामा ल्याउन नेपाल तरुण दल केन्द्रीय समिति गृहमन्त्रालय र सम्बन्धित प्रहरी प्रशासनलाई जोडदार माग गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।

तरुण दलको आग्रहलाई बेवास्ता गरी कानुन विपरीत कार्यमा संलग्नलाई कारबाही गर्न आलटाल गरे तरुण दल आफैँ प्रतिकारमा उत्रने गुरुङले चेतावनी दिएका छन् ।


Author

थप समाचार
x