दल

वर्तमान संविधानलाई पूर्णता दिने काम नै नेसपाको मुख्य कार्यभार : बाबुराम भट्टराई

इकागज |
साउन १९, २०८० शुक्रबार १४:२७ बजे

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानमा रहेका अपूर्णतालाई पूर्णता दिने कामलाई आफ्नो पार्टीले मुख्य कार्यभार बनाएको बताएका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित पार्टीको बागमती प्रदेश स्तरीय प्रशिक्षण भेलामा बोल्दै उनले संविधानलाई पूर्णता दिँदै अघि बढ्ने कामलाई आफ्नो पार्टीले मुख्य जोड दिने बताएका हुन् । अध्यक्ष भट्टराईले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै संविधानलाई पूर्णता दिने, यसको कार्यान्वयनमा ठीक ढंगले गराउने र नेपाली जनतालाई सुशासन र समृद्धि दिने काममा आफूहरू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।


उनले नेपाललाई संसारको एउटा समुन्नत देशहरूको दिशामा अघि बढाउने कार्यभारलाई आफ्नो पार्टीले आत्मसाथ गरेर अघि बढिरहेको जिकिर समेत गरे ।

अध्यक्ष भट्टराईले आफ्नो पार्टीले अरु पार्टीहरूले जस्तो सत्ताका लागि मरिहत्ते नगर्ने बताए । उनले एउटा जीवन्त पार्टीमा फरक विचार आउन सक्ने भन्दै त्यसलाई संघर्ष, एकता र रूपान्तरणको माध्यमबाट व्यवस्थापन गर्दै अघि बढाउने बताए ।

 


Author

थप समाचार
x