दल

सुन तस्करी प्रकरणबारे प्रधानमन्त्री र गृहमन्त्रीले संसद्‍मा जवाफ दिनुपर्छ : महामन्त्री शर्मा

इकागज |
साउन १९, २०८० शुक्रबार १७:५२ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले नक्कली सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद् बैठकमा जवाफ दिनुपर्ने बताएका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ संसद् बैठकमा खोज्नुपर्ने बताएका हुन् । उनले प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने अधिकार सिंगो संसदको भएको भन्दै अविलम्ब संसद् सुचारु हुनुपर्ने जिकिर गरे ।


शर्मा सुन प्रकरणको गहिराइमा गएर छानबिन हुनुपर्ने भनाइ राखे । उनले छानबिनको माग गर्दै संसद् बैठक अवरुद्ध गर्नु समस्याको समाधान नभएको भन्दै छलफलबाट समाधानमा पुग्नुपर्ने बताए ।

विमानस्थलबाट सरकारको कमजोरीका कारण सुन तस्करी भएको भन्दै सिनामंगल चोकमा सरकारले नै सुन समातेको पनि उनले उल्लेख गरे ।


Author

थप समाचार
x