दल

भारतसँगका सन्धि र सीमा समस्या समझदारीमा समाधान गर्नु सक्नुपर्छ : अध्यक्ष थापा

इकागज |
साउन १९, २०८० शुक्रबार २०:२५ बजे

फाइल तस्बिर

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष एवं पूर्व परराष्ट्रमन्त्री कमल थापाले नेपाल सरकारले भारतसँगका सन्धि र सीमा समस्या समझदारीमा समाधान गर्न सक्नुपर्ने बताएका छन् ।

शुक्रबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध र ईपीजी प्रतिवेदन विषयक संवाद कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले भारतसँग असमझदारी भन्दा पनि समझदारी बढाएर दुई देश भित्रका समस्या समाधान गर्न सरकार लाग्नुपर्ने जिकिर गरे ।


थापाले प्रधानमन्त्री दाहाल भारत भ्रमणबाट खुसी भएर फर्किए पनि व्यवहारिक रूपमा के परिवर्तन भएको भन्ने विषय सबैले देखिरहेको उल्लेख गरे । उनले नेपाल भारतबीच विगतदेखि स्वाभिमान, राष्ट्रियताको दृष्टिकोणबाट महत्वपूर्ण विषयमा समस्याहरू रहेको बताए ।

उनले सन् १९५० को सन्धि, दुई देशबीच रहेको सीमा सम्बन्धी विवाद, सीमा व्यवस्थापन सम्बन्धी विषय, बेला बेला आउने डुबानसम्बन्धी समस्या र पारवहनसँग सम्बन्धित विषयहरूमा रहेका असमझदारीहरूलाई सरकारले ट्रयाकमा राखेर यसैलाई आधार मानेर अरु सम्बन्धहरूलाई असर पर्न दिनु नहुने बताए ।

अध्यक्ष थापाले व्यापार र आर्थिक क्षेत्रको सुदृढीकरणमा ध्यान जान आवश्यक रहेको बताए । उनले नेपाली जनताको परिवर्तित चाहना र मानसिकतालाई समेत सम्बोधन गर्दै मुलुकलाई आर्थिक दृष्टिकोणबाट समृद्ध तुल्याउनका निमित्त भारतसँग अत्यन्तै सुमधुर सम्बन्ध राख्नुपर्ने बताए ।


Author

थप समाचार
x