दल

सरकारले जनताको पक्षमा काम गर्न सकेन : नैनसिंह महर

इकागज |
साउन २०, २०८० शनिबार १८:१६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसले पार्टीलाई सुदृढ बनाउनका लागि चलाएको आन्तरिक विशेष अभियान अन्तगर्त धनुषामा खटिएका केन्द्रीय सदस्य महरले सरकार जनताको जनजीविकाको सवालमा गम्भीर नरहेको आरोप लगाए । जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महरले गठबन्धनको साझा अवधारणा अनुरूप जनताको पक्षमा सरकारले काम नगरिरहेकोमा आपत्ति जनाए ।


महरले सुन तस्करी प्रकरणमा भेदभावपूर्ण छानबिन गरिरहेको बताए । उनले सरकारलाई जनताको जनजीविकाको सवालमा काम गराउनका लागि चौतर्फी दवाब दिनु आवश्यक रहेको बताए ।

उनले भने, ‘देशमा डेंगीको प्रकोप छ, किसानले मल पाएका छैनन्, खडेरीले किसान थप मारमा परेका छन्, उनले भने ‘सरकार यी समस्याहरू समाधान गर्न पहल त गरिरहेका छैनन् त्यसमाथि सुन तस्करी प्रकरणमा समेत सरकार चुकिरहेको छ ।’

फरक प्रसंगमा महरले गठबन्धन सरकारको ५ वर्षसम्म विकल्प नखोजिने स्पष्ट गर्दै आउने निर्वाचनमा कांग्रेस एक्लैले निर्वाचन लड्ने गरी तयारी गरिरहेको बताए ।


Author

थप समाचार
x