दल

नेपाल–भारत सम्बन्धलाई अघि बढाउन ईपीजी प्रतिवेदन आवश्यक : ओली

इकागज |
साउन २०, २०८० शनिबार १८:५७ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्धलाई ईपीजी प्रतिवेदनको आधारमा अघि बढाउन जायज हुने बताएका छन् ।

भारत सरकारले सो प्रतिवेदन बुझ्न समेत आनाकानी गरिरहेका बेला अध्यक्ष ओलीले दुई मुलुकबीचको सम्बन्धलाई तथ्यका आधारमा अघि बढाउन सो प्रतिवेदन अति आवश्यक हुने दाबी गरेका हुन् । दुवै मुलुकका सरकारले तोकेका विज्ञहरूको समूहले तयार पारेको सो प्रतिवेदन बुझ्ने र त्यसलाई कार्यान्वयन गर्ने कुरालाई सहज ढंगले अघि बढाउनुपर्ने उनले बताए ।


अध्यक्ष ओलीले दुई मुलुकबीचको सम्बन्धलाई अघि बढाउन सो प्रतिवेदनले प्रेस्क्रिप्सनको काम गर्ने बताए । आजको आवश्यकताको उचाइका आधारमा दुई मुलुकबीचको सम्बन्धलाई अघि बढाउन पनि ईपीजी प्रतिवेदनको विकल्प नरहेको बताए ।

ओलीले सुगौली सन्धिलगायत भारतसँग विगतमा भएका असमान सन्धि सम्झौताहरू अद्यावधिक गर्दै अघि बढ्नुपर्ने बताए ।


Author

थप समाचार
x