दल

केन्द्रीय सदस्यले उठाएका प्रश्‍नको जवाफ प्रचण्डले दिएपछि सकिन्छ माओवादी बैठक

इकागज |
साउन २१, २०८० आइतबार ९:२२ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदैछन् ।

गत बुधबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकि पछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ । 


हालसम्म माओवादीका झन्डै २ सय केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् । पार्टी नेतृत्वको चर्को आलोचनासहित नेताहरूको सम्पति छानबिनसम्म बहस भएका छन् ।

मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x