माओवादीमा जिम्मेवारी हेरफेर, कसले के जिम्मेवारी पाए ?
फाइल तस्बिर
काठामाडौँ- नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीसहित ४०७ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकेको छ । आइतबार बिहान बसेको पदाधिकारी बैठकले नेताहरू जिम्मेवारी तोकेको हो ।
जसअनुसार पार्टी अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले समग्र पार्टीको जिम्मेवारी तोकिएको एक नेताले जानकारी दिए । त्यस्तै उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ ।
त्यसैगरी उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ । त्यस्तै उपाध्यक्ष पम्फा भुसाललाई जनवर्गीय संगठनको जिम्मा दिइएको छ ।
त्यसैगरी उपमहासचिव वर्षमान पुन अनन्तलाई विशेष प्रदेशको जिम्मेवारी दिइएको छ । त्यस्तै उपमहासचिव जनार्दन शर्मा प्रभाकरलाई बागमती प्रदेशको इन्चार्ज जिम्मेवारी दिइएको छ ।
देवेन्द्र पौडेललाई मधेस प्रदेश, चन्द्रप्रकाश खनाल बलदेवलाई कर्णाली प्रदेश, डिलाराम आचार्यलाई सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया