दल

शीर्ष नेताबीच छलफल निष्कर्षविहीन भएपछि प्रतिनिधिसभा बैठक ४ बजेका लागि सर्‍याे

इकागज |
साउन २२, २०८० सोमबार १५:३२ बजे

काठमाडौँ- सदनको गतिरोध अन्त्य र संसदीय समितिका सभापतिहरूको चयनलगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ​।

सिंहदरबारस्थित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको छलफलमा सकारात्मक छलफल भएको साढे ३ बजे पुन: छलफल सुरु हुने कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । सहमतिका लागि भन्दै दिउँसो १ बजेका लागि पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजेसम्मका लागि सार्न सभामुख समक्ष आग्रह गरिएको जानकारी दिए ।


सहमतिका आधारमा संसद्को बैठक चलाउनुपर्छ भन्ने सकारात्मक रूपमा छलफल भएको र अर्को छलफलले बाँकी टुङ्गो लगाउने उनले बताए ।

सुन तस्करी प्रकरणलाई लिएर लगातार सदन अवरुद्ध भएपछि सभामुखले शीर्ष नेताहरूसँग छलफल गरेका हुन् । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै सोमबार पनि एमालेले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको थियो । 


Author

थप समाचार
x