दल

तोसिमाकाे प्रश्न : सदन चल्छ भनी बोलाउने, अनि फेरि बन्द गर्ने ?

इकागज |
साउन २२, २०८० सोमबार १७:४३ बजे

काठमाडौँ– सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अडानका कारण स्थगित भएपछि रास्वपा सांसद डा. तोसिमा कार्कीले आक्रोश पोखेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै उनले सरकारलाई प्रश्नैप्रश्न गरेकी छन् । 

सदन चल्छ भनी बोलाउने, अनि फेरि बन्द गर्ने ? भन्दै उनले आक्रोश पोखेकी छन् । 


सुन तस्करी प्रकरणमा एमालेले अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्दै करिब दुई सातादेखि बैठक अवरोध गरिरहेको छ । 

एमालेले सोमबारको राष्ट्रिय सभा पनि अवरोध गरेको छ । 

त्यस्तै, एमालेकै अडानका कारण सोमबार दिउँसो १ बजे गरी बोलाइएको प्रतिनिधि सभा बैठक पनि स्थगित भएको छ । 

त्यसो त यो विषयमा सहमति जुटाउन सत्तापक्ष र प्रतिपक्षबीच पटकपटक संवाद भएको छ । तर, ती सबै छलफल निष्कर्षविहीन भएका छन् ।

सोमबार शीर्ष नेताहरूबीच बसेको बैठकबाट पनि सहमति जुट्न सकेन । 

यस्तो छ उनले लेखेको पोस्ट:


Author

थप समाचार
x