दल

सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीको कामले ढुक्क हुने अवस्था छैन : सांसद पन्त

इकागज |
साउन २२, २०८० सोमबार १८:३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन हुनेमा आफूहरू विश्वस्त नभएको बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पन्तले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गरेका हुन् । आफूहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'प्रति नै विश्वास नभएको बताउँदै उनले प्रधानमन्त्रीको कामप्रति ढुक्क हुने अवस्था नभएको जिकिर गरे ।


सांसद पन्तले राजस्व विभाग र प्रहरीको अनुसन्धानलाई जारी राखेर सुन तस्करी प्रकरणमा अर्को राजनीतिक तहको उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए । राजनीतिक रूपमा कडा कदम नचालेसम्म नेपालको विमानस्थलबाट सुन तस्करी नरोकिने उनकाे भनाइ छ ।

उनले करोडौं रुपैयाँको चलखेलमा लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त भएको बताए । लामालाई नियुक्त गर्ने सरकारले भ्रष्टाचारको गफ लगाउनुमात्रै भएको उनले टिप्पणी गरे ।


Author

थप समाचार
x