राप्रपाको गम्भीर आरोप : सुनमा एमालेले भाग खोज्यो
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुन तस्करी प्रकरणमा नेकपा एमालेले भाग खोजेको आरोप लगाएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले एमालेले सत्ता गठबन्धनसँग अनावश्यक भाग खोजेका कारण संसद् अवरोध हुन पुगेको बताए ।
एमालेको यस कदमको विरोध गर्दै उनले भने, ‘पटकपटक यसरी सिन्डिकेट बनाएर यिनीहरूले मुलुक देश बर्बाद पारे । हामी यसको घोर विरोध गर्दछौँ ।’
सुन तस्करी प्रकरणमा एमालेले अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्दै करिब दुई सातादेखि बैठक अवरोध गरिरहेको छ ।
एमालेले सोमबारको राष्ट्रिय सभा पनि अवरोध गरेको छ ।
त्यस्तै, एमालेकै अडानका कारण सोमबार दिउँसो १ बजे गरी बोलाइएको प्रतिनिधि सभा बैठक पनि स्थगित भएको छ ।
त्यसो त यो विषयमा सहमति जुटाउन सत्तापक्ष र प्रतिपक्षबीच पटकपटक संवाद भएको छ । तर, ती सबै छलफल निष्कर्षविहीन भएका छन् ।
सोमबार शीर्ष नेताहरूबीच बसेको बैठकबाट पनि सहमति जुट्न सकेन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया