दल

'सुन तस्करीमा सरकारको छानबिन प्रतिवेदन आएपछि उच्चस्तरीय समिति बनाउन सकिन्छ'

इकागज |
साउन २२, २०८० सोमबार १९:१९ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको छानबिन प्रतिवेदन आइसकेपछि उच्चस्तरीय छानबिन समिति बनाउन सकिने बताएका छन् ।

सोमबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपमहासचिव शर्माले सुन तस्करी प्रकरणको जालो पत्ता लगाउन सरकार लागिपरिरहेको बताएका छन् । उनले सरकारको छानबिन रिपोर्ट आएपछि चित्त नबुझेमा मात्रै उच्चस्तरीय छानबिन समिति बनाउन सकिने जिकिर गरे । उनले अहिलेको अवस्थामा सरकारले गरेको छानबिनलाई सहयोग गर्नु आवश्यक रहेको बताए ।


उपमहासचिव शर्माले बरु सरकारलाई निश्चित समयभित्र छानबिन गरिसक्नुस् भनेर समय तोक्न भने सकिने भनाइ राखे । उनले संसदमा धेरै विषयहरूमा छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै संसद् ठप्प पार्नु नहुने बताए ।

उपमहासचिव शर्माले सरकारको तर्फबाट संसद् खोल्नका लागि पहल भइरहेको पनि उल्लेख गरे ।


Author

थप समाचार
x