दल

कांग्रेस सदैव समावेशिताको पक्षमा : देउवा

इकागज |
साउन २३, २०८० मंगलबार १९:५३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सदैव समावेशिताको पक्षमा रहेको बताएका छन् ।

२९ औँ विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवाले अहिले मुलुकमा समावेशी संविधान बनेको र कांग्रेस पनि समावेशिताको पक्षमा उभिएको बताएका हुन् ।


नेपाल जातजाति, भेषभूषा र कला संस्कृतिले पनि भरिपूर्ण रहेको र यी सवै कुराहरू देशको सम्पत्ति भएको उनले बताए । उनले नेपालको कला संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै मुलुकलाई बहुसांस्कृतिक देशका रूपमा चिनाउनुपर्ने धारणा राखे ।

त्यस्तै उनले संविधानमा उल्लेख समावेशिताको विषयलाई कांग्रेसले प्राथमिकतामा राखेको बताए ।


Author

थप समाचार
x