दल

संसद्‌ अवरोध खुलाउन प्रमुख तीन दलको बैठक बस्दै

इकागज |
साउन २४, २०८० बुधबार १०:३० बजे

फाइल तस्बिर

काठमाडौँ- प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक बस्दैछ । 

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक बस्न लागेको हो । 


बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीनै दलका उपनेता र प्रमुख सचेतकहरू बैठकमा उपस्थित हुनेछन् । 

प्रतिनिधसभाको बैठक १ बजे बस्नु अगावै हाल अवरुद्ध भइरहेको प्रतिनिधिसभा बैठक सुचारु गर्नका लागि सहमित खोज्न उक्त बैठक बस्न लागेको हो । 


Author

थप समाचार
x