दल

संसद्‌ चलाउन फेरि छलफलमा जुटे प्रचण्ड, देउवा र ओली

इकागज |
साउन २४, २०८० बुधबार १२:४६ बजे

काठमाडौँ- संसद्को अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सदनको अवरोध हटाउने विषयमा छलफल भएको छ । 


डेढ क्विन्टल सुुन तस्करी प्रकरणमा एमालेले संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ । 

बुधबबार दिउँसो १ बजेका लागि संसद्‌ बैठकक बोलाइएको छ ।


Author

थप समाचार
x