दल

जातजातिका नाममा घृणा र फाटो ल्याए देशको अस्तित्व समाप्त हुन्छ : केपी ओली

इकागज |
साउन २५, २०८० बिहीबार १६:८ बजे

फाइल फोटो

काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जातका आधारमा घृणा पैदा भएमा देशलाई जोगाउन नसकिने बताएका छन् । 

विश्व आदिवासी दिवसको अवसरमा बिहीबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जातजाति केहीका नाममा सेन्टिमेन्टल बनाएर विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने देशको अस्तित्व समाप्त हुने बताएका छन् ।


‘हामीलाई जातजाति केहीका नाममा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबीच विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ । त्यतिबेला हाम्रो देश जोगिँदैन । जोगाउन सकिँदैन,’ उनले भने । 

पहिचान देशको हितका लागि हुनुपर्ने भन्दै उनले पहिचानको मुद्दा विभेद, विद्वेषका लागि नभएर मित्रता बढाउनका लागि भएको बताए । 


Author

थप समाचार
x