दल

'सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै कारण सांसद शर्मालाई पक्राउ गरियाे'

इकागज |
साउन २६, २०८० शुक्रबार १९:१८ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारमा रहेका व्यक्तिका विरुद्ध बोलेकै कारण सांसद सुनिल शर्मालाई पक्राउ गर्ने काम भएको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित महाकवि विद्यापतिकृत कथासंग्रह पुरुष परीक्षा लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै कारण सांसद शर्मालाई पक्राउ गर्ने काम भएको बताएका हुन् ।


सुन तस्करी प्रकरणलाई ढाकछोप पर्ने काम राज्यबाटै भएको उनकाे भनाइ छ । अध्यक्ष ओलीले दुई दिन बोलेपछि शर्मालाई पक्राउ गरेर राज्यले सुन तस्करी प्रकरणमा बोल्नेको मुख बन्द गर्ने काम गरेको आरोप लगाए ।

त्यस्तै उनले सदनमा पनि एमालेले सुन प्रकरणमा बोल्छ भनेर सत्तापक्ष सांसदहरूले उठेर विरोध जनाएको र बोल्न निषेध गरेको जिकिर गरे ।

अध्यक्ष ओलीले समाजलाई सफा गर्नका लागि सबैभन्दा पहिला राजनीतिलाई सफा गर्नुपर्ने समेत बताए ।


Author

थप समाचार
x