दल

एमालेले आवेगमा संसद् अवरुद्ध गर्‍यो : महामन्त्री शर्मा

इकागज |
साउन २६, २०८० शुक्रबार २०:४ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिपक्ष एमालेले संसदमा आवेगमा संसद् अवरुद्ध गरेको टिप्पणी गरेका छन् । शुक्रबार पुरुष–परीक्षा पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले प्रतिपक्ष नेकपा एमालेले आवेगलाई निषेध गरी विवेक प्रयोग गरे भोलि नै अवरुद्ध संसद् सुचारु हुने बताए । उनले संसदमा प्रतिपक्षले उठाएका मागमा सत्तापक्ष बहस गर्न तयार रहेको जिकिर गरे ।


महामन्त्री शर्माले प्रतिपक्षले उठाएको गम्भीर प्रश्नलाई सत्ताले राम्रोसँग ग्रहण गरेको बताए । उनले प्रतिपक्षले पनि सत्ताले लगाउँदै गरेको जुत्तामा कहाँ दुखी छ भन्ने राम्रोसँग बुझेको भनाइ राखे । उनले प्रतिपक्षमा बसेर सरकारलाई प्रश्न गर्न छाडेर डिफेन्समात्रै गरेर जाने कुरा वस्तुगत नभएको बताए ।

शर्माले गठबन्धनमा हुँदा राम्रो देख्ने र गठबन्धनमा नहुँदा नराम्रो देख्ने प्रवृत्ति राम्रो नभएको बताए ।


Author

थप समाचार
x