अवरुद्ध संसद् खुलाउन अब कांग्रेसले पहल गर्नुपर्छ : प्रकाशमान सिंह
काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निरन्तर संसद् अवरुद्ध खुलाउन पार्टीले पहलकदमी लिनु पर्ने बताएका छन् । संसद् अवरोध गर्नु उचित नभएको भन्दै ठूलो दलको हैसियतमा कांग्रेसले अवरुद्ध संसद् खुलाउन पहलकदमी लिनु पर्ने बताएका हुन् ।
कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले सम्वादमार्फत संसद् सुचारु गर्न प्रतिपक्षी दल नेकपा एमालले सबैभन्दा बढी त्याग गर्नु पर्ने बताएका छन् । ‘प्रमुख प्रतिपक्षी दलले निरन्तर संसद अवरोध गरिरहेको छ, यो संसद् अवरुद्ध भइरहनु राम्रो कुरा होइन, अब ठूलो दलको हैसियतमा कांग्रेसले नै संसदको अवरोध हटाउन पहल गर्नुपर्छ,’ सिंहले भने ।
विगतमा पनि कांग्रेसले नै अगुवाइ गरेर धेरै विषयको राजनीतिक गतिरोध अन्त्य भएको स्मरण गराउँदै सिंहले तत्कालै यसका लागि पहल गर्नुपर्ने बताएका छन् ।
१०० केजी सुन प्रकरण भन्सारबाट निकाले पछि राजश्व अनुसन्धान विभागले समाएको थियो । साउन पहिलो साता समातेको सो सुन अघि पनि सयौं केजी सुन तस्करीमार्फत आएको जनाउँदै प्रतिपक्षी दल एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ । जसका कारण संसद् सुचारु हुन नसकिरहेको बेला कांग्रेस नेता सिंहको सो भनाई बाहिर आएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया