दल

अहिले सत्ता प्राप्ति राप्रपाको प्राथमिकताको विषय होइन : अध्यक्ष लिङ्देन

इकागज |
साउन २७, २०८० शनिबार १५:७ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको बताएका छन् ।​

शनिबार ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय चाबहिलमा आयोजित कार्यक्रममा रक्तदान कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राप्रपाले सत्तालाई प्राथमिकतामा नराखेको बताएका हुन् । उनले कांग्रेस सांसद डा. सुनिल शर्मालाई पक्राउ गर्ने र अर्को दिन नै छोड्ने कुरा छलफलको विषय बनेको पनि बताए ।


अध्यक्ष लिङ्देनले सत्ता पक्षका सांसद शर्माले सत्ता पक्षकै मन्त्रीहरूमाथि प्रश्न उठाएर राजीनामा माग्दा पक्राउ गरिएको आरोप लगाए । उनले सांसद शर्मालाई छोड्ने र अन्य चिकित्सकलाई थुनामै राख्ने कुराको छलफल हुनुपर्ने बताए ।

अध्यक्ष लिङदेनले नेपाली युवाहरू राजनीति काम छैन भनेर पर बस्ने नभइ राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताए ।


Author

थप समाचार
x