'पोलिसी ह्याकाथन' आयोजना गर्दै कांग्रेस, विजेतालाई तीन लाख पुरस्कार
भदौ ९ गते फाइनल
काठमाडौँ- नेपाली कांग्रेसले नेपाली युवाले सामना गरिरहेका चुनौती र आवश्यकताहरूलाई सम्बोधन गर्ने नीति तयार पार्न पोलिसी ह्याकाथन कार्यक्रम घोषणा गरेको छ ।
शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले युवा र नीति निर्माण प्रक्रियाबीचको खाडल हटाउन पोलिसी ह्याकाथनको घोषणा गरेको हो । प्रतियोगितामा नीति विज्ञ, प्राज्ञ, अनुसन्धानकर्ता, प्राविधिक, डिजाइनर र स्वदेश वा विदेशमा बस्ने नेपाली विद्यार्थीलगायत ४० वर्ष उमेरसम्मका नेपाली नागरिकले भाग लिन पाउने कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा खुल्ला गरिएको आवेदन भाद्र ३ गते बन्द हुने, भाद्र पाँच गते १० टोली छनोट हुने र भाद्र ९ गते पार्टी कार्यालयमा फाइनल हुने परियारले बताए । प्रतियोगितामा तीन हजारदेखि पाँच हजारसम्मको नीतिपत्र तोकिएको ढाँचामा प्रस्तुत गर्नुपर्ने उनले बताए ।
प्रतियोगितामा पहिलो हुनेले तीन लाख, दोस्रो हुनेले डेढ लाख र तेस्रो हुनेले ५० हजार पुरस्कार प्राप्त गनेछन् । शीर्ष तीन टोलीको अवधारणापत्र र उत्कृष्ट विचार नीति निर्माणका क्रममा ग्रहण गर्ने सहमहामन्त्री परियारले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया