कांग्रेसलाई ओलीको प्रश्न : कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर ?
काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दल कांग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको बताएका छन् ।
संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले केही पनि प्रतिक्रिया नदिने ओलीको भनाइ थियो । उनले पुच्छरले कुकुर हल्लाएजस्तो भूमिकामा संसदको सबैभन्दा ठूलो दल कांग्रेस रहेकोमा आफू छक्क परेको बताए ।
गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्र, नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो ? भनि प्रश्न समेत गरे ।
‘देशको सबभन्दा ठूलो पार्टी नेपाली कांग्रेस अहिले धेरै सिटसँग उसँग पार्लियामेन्टमा । अब यसको त मैले टिप्पणी गरिरहनु भएन । उहाँहरूले कसको पछाडि आफूलाई लगाउनुभएको हो, के को पछि लाग्नुभएको हो ? त्यो उहाँहरूले जान्ने कुरा हो । म केही पनि भन्दिनँ,' उनले भने, ' नेपाली कांग्रेसका साथीहरूलाई आज मितिमा म फेरि प्रश्न गर्न चाहन्छु–कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो ? अचम्म लाग्छ । पछाडि पुच्छर चुप लागेर बसेको छ । अगाडि नेपाली कांग्रेस डोलायमान छ । तन डोले, मेरा मन डोले भनेर गीत गाएर बसेको छ । त्यो उहाँहरूको मामिला हो । मेरो यसमा कुनै कमेन्ट छैन ।'
अध्यक्ष ओलीले चार वटा मन्त्री लिएर साना दलको पछि हिँडुन्जेल कांग्रेसमाथि आफूहरूले टिप्पणी समेत नगर्ने बताए । 'तपाईंहरूलाई यसैगरी चार वटा मन्त्री लिएर साना पार्टीको पछि हिँड्ने रहर लागिन्जेलसम्म त्यो पूरा भइरहोस् । मेरो शुभकामना छ । तपाईंहरूलाई मन लागुञ्जेल । लागेन भने बेग्लै कुरा हो,’ उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया