नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्छ : नेता डा कोइराला
फाइल फोटो
काठमाडौँ - नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्ने बताएका छन् ।
कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८४औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘सुशासन र मुलुकको वर्तमान अवस्था’ विषयक छलफलमा उहाँले नैतिकवान व्यक्ति कार्यकारी पदमा पुगे मुलुकमा सुशासन निर्माण हुने विश्वास व्यक्त गरे ।
“नैतिक शिक्षा अहिले आवश्यक छ, जबसम्म मानिसमा विवेक र नैतिकता हुँदैन, तबसम्म समाजमा परिवर्तन हुन सक्दैन”, उनले भने, “पछिल्लो समय कानुनलाई तोडमोड गरेर निर्दोष व्यक्तिलाई दोषी बनाउन खोजिँदैछ ।”
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया