दल

चुरे दोहनका कारणा मधेश मरुभूमि बन्दैछ : कृषि मन्त्री भुसाल

इकागज |
साउन २८, २०८० आइतबार ७:२९ बजे

फाइल फोटो

महाेतरी - कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले चुरे दोहनले मधेशको उर्वर भुमी बिस्तारै मरुभूमि बन्दै गएको बताएका छन । ​

ग्रामीण उधम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका मन्त्री भुसालले मधेशमा चुरे दोहन मुख्य समस्या रहेको बताए । विशेषगरि धान उत्पादनमा यसको प्रभाव प्रत्यक्ष परेको बताउँदै चुरे हरियाली नभएसम्म तराईका जमिन बन्झर नै बनिरहने उनकाे तर्क छ ।


मधेशको प्राण मानिने चुरेको निरन्तर दोहनले कृषियोग्य भुमिहरु मरुभूमि बन्दै छन,´ उनले भने, `अब चुरे बचाउनुको विकल्प नै छैन ।´ उनका अनुसार चुरे रहेसम्म मधेश रहने बताउँदै स्थानीय र सरोकारवालाहरु नै दोहन नियन्त्रण गर्न लाग्न ढिलाइ भइसकेकाे छ ।

पछिल्लो केही बर्ष यता मधेसमा चुरे दोहन कै कारण सिँचाइका नहरहरू सुकेका छन भने खानेपानीको समस्या त बढ्दै गएको छ । मधेसका जिल्लाहरूमा खानेपानी र सिँचाइको  हाहाकार नै बने पछि मधेशलाई सुक्खा क्षेत्र घोषणा गर्न सरोकारवालाहरुले माग गरेका थिए ।


Author

थप समाचार
x