दल

अहिले एमालेको ध्यान सत्तातिर छैन : ओली

इकागज |
साउन २८, २०८० आइतबार २०:३६ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको ध्यान सत्तातिर नरहेको बताएका छन् ।

सुन तस्करीको हल्ला चलाएर एमाले अहिले सत्तामोह, सत्तालोलुप्तातिर लागेको भन्ने कुरा सत्य नभएको ओलीको स्पष्टीकरण थियो । आइतबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो पार्टीलाई अहिले सत्तातिर हेर्नु नभएको बताए । अध्यक्ष ओलीले आफ्नो पार्टीले सत्तातिर नहेरे पनि सरकारलाई जे पनि गर्न भने नदिने चेतावनी दिए ।


अध्यक्ष ओलीले निर्माण व्यवसायीहरूलाई गिरफ्तार गरेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरे । अप्ठ्यारोमा परेका निर्माण व्यवसायीहरूलाई वार्ताद्वारा उनीहरूको समस्या समाधान गर्नुको साटो सरकारले उनीहरूलाई घाँटी थिचेर मार्ने प्रयास गरिरहेको ओलीको जिकिर थियो । उनले सरकारले नागरिकका कुनै पनि समस्याको सुनुवाइ समेत नगरेको गुनासो गरे ।

अध्यक्ष ओलीले सरकार आफैँले संसद् चल्न नदिएको समेत दोहोर्या । संसद् अवरोध हुन नहुने भए पनि सरकार आफैँले त्यस्तो खालको परिस्थिति निर्माण गरेको उनको तर्क थियो । ओलीले सरकारले प्रतिपक्षलाई संसदमा बोल्न नदिएको भन्दै आपत्ति जनाए ।


Author

थप समाचार
x