अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय
काठमाडौंँ- नेकपा (माओवादी केन्द्र) ले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।
माओवादी केन्द्रले जनमत पार्टीसँग गरेकाे वाचा अनुसार सरकारमा सहभागी गराउन माेदीलाई फिर्ता बाेलाएकाे हाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल जनमत पार्टीकी अनितादेवी साहलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया