सुन तस्करीमा सरकारको नियतमाथि प्रश्न उठ्यो : कमल थापा
काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सुन तस्करीमा माओवादी नेता महराका बाबुछोराको संलग्नताबारे सप्रमाण तथ्य सार्वजनिक हुँदासमेत छानबिनको घेरामा नआउनुले प्रधानमन्त्री र गृहमन्त्रीको नियतमाथि प्रश्न उठ्नु स्वाभाविक भएको बताएका छन् ।
पार्टी निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को जिम्मेवारी हस्तान्तरण कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचार नियन्त्रणमा गृहमन्त्रीको प्रशंसा भइरहँदा यो प्रश्नको निराकरण आवश्यक भएको समेत बताए ।
पोखरा पृथ्वीचोकस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक हटाउनु सुरुमा नै गलत भएको भन्दै थापाले सचेत नागरिकहरूले राखेको राष्ट्रनिर्माताको तस्बिर हटाउनु अर्को गल्ती भएको समेत जिकिर गरे ।
सम्बन्धित निकायले समन्वय गरी पृथ्वीचोकमा राष्ट्रनिर्माताको र उपयुक्त ठाउँमा शहीद लखन थापाको शालिक राख्ने व्यवस्था गर्नुपर्ने समेत थापाको माग थियो ।
सो अवसरमा संगठनका अध्यक्ष हिक्मतजङ्ग भण्डारीले ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को बर्दिया जिल्ला संयोजकमा महेश थारू र निर्माण श्रमिक अध्यक्षमा काशी चौधरी मनोनयन भएको जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया