दल

प्रधानमन्त्रीलाई प्रदीप पौडेलको चुनौती : भ्रष्टाचारविरोधी अभियान हो भने नाम जोडिएका आफ्ना पार्टीका नेतामाथि अनुसन्धान गर्नुस्

इकागज |
साउन २८, २०८० आइतबार १९:१५ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरोधी अभियान चलाएकाे हो भने नाम जोडिएका आफ्ना पार्टीका नेतामाथि अनुसन्धान गर्न चुनौती दिएका छन् ।​ आइतबार पार्टी संसदीय दलको बैठक स्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पौडेलले यस्ताे चुनौती दिएका हुन् ।​

सांसद पौडेलले प्रधानमन्त्री दाहालले आफ्नो पार्टीसँग नाम जोडिएका सांसदहरूमाथि अनुसन्धान नगर्ने कुराले थप शंका उब्जिएको उल्लेख गरे । प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्ध अभियान चलाएका छौँ साथ दिनुस् भन्ने तर आफ्नै पार्टीसँग जोडिएका नेताहरूको नाम आउँदा अनुसन्धान नगर्ने कुराले जनताले विश्वास गुमाएको बताए ।


उनले प्रधानमन्त्री दाहालले आफ्ना बाहेकका पार्टीका नेताहरूमाथि मात्रै अनुसन्धानको प्रक्रिया अघि बढाएको जस्तो देखिएको बताए ।

यस्तै सांसद पौडेलले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताएका छन् ।​ उनले कांग्रेस संसदीय दलको बैठकले उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गर्नुपर्ने र सो निर्णय प्रधानमन्त्रीले नमानेमा सरकारलाई कांग्रेसले दिएको समर्थन फिर्ता लिनुपर्ने पनि बताए ।

 

 


Author

थप समाचार
x