सभामुखले पक्षपाती व्यवहार देखाउनुभयाे : रवि लामिछाने
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा सभामुखले पक्षपाती व्यवहार देखाएको आरोप लगाएका छन् ।
सोमबार सदन अवरुद्ध भएपछि संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सभामुखले आफू अनुकूल सदन सञ्चालन गरेर पक्षपाती व्यवहार देखाएको आरोप लगाएका हुन् । सभामुखको कुर्सीमा बसेपछि व्यवहार, क्रियाकलापले दलको बन्न नपाउने उनले बताए ।
लामिछानेले नियोजित रूपमा सदन हाइज्याक गरेर जनताका आवाज उठान गर्न नसकिएको गुनासो गरे । उनले एमालेले लगातार सदन अवरुद्ध गरिरहेको अवस्थामा सभामुखले छानीछानी सांसदलाई बोल्न दिएको र अरु दलका सांसदहरूले बोल्न खोज्दा अन्त्यै मोडिएको तर्क गरे ।
उनले बन्द कोठामा सहमति गरेर नै रास्वपाका सांसदहरूलाई बोल्न नदिएको भान भएको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया